प्रदेश २ः पछिल्लो २४ घण्टामा ५२ जना संक्रमित थपिए, ५६ जना डिस्चार्ज



जनकपुरधामः प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा ५२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसअनुसार सबैभन्दा बढि धनुषामा ३० जना, महोत्तरीमा १३ जना, सप्तरीमा ८ जना र सिरहामा १ जना व्यक्ति संक्रमित भएका छन् ।

आज (बिहीबार) संक्रमित भएकाहरु मध्ये ५ जना महिला र ४७ जना पुरुष रहेका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ५ सय ४४ पुगेको छ । संक्रमित मध्ये ३ हजार ३ सय २४ पुरुष र २ सय २० जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

धनुषामा संक्रमण पुष्टी भएकाहरु जनकपुरधाम उपमहानगरपालिका–४ स्थित गोपाल धर्मशाला क्वारेन्टाइनमा रहेका २२ बर्षिय एक पुरुष, औरही गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका १७ र ३४ वर्षका २ जना पुरुष, मिथिला नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका २० र ६२ बर्षिया दुई महिला र २० देखि ३८ वर्ष उमेर समुहका ४ जना पुरुष, हंसपुर नगरपालिकास्थित नौवाखोर क्वारेन्टाइनमा रहेका १ वर्षिया एक बालिका र २५ वर्षिया एक महिला तथा १४ देखि ५० बर्ष उमेर समुहका ८ जना पुरुष तथा मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका १२ देखि ३९ बर्ष उमेर समुहका ११ जना पुरुषहरु रहेका छन् ।

महोत्तरीका संक्रमितहरु मटिहानी नगरपालिकास्थित धिरापुर क्वारेन्टाइनमा रहेका १८ देखि ५० बर्ष उमेर समुहका ७ पुरुष, मनरासिस्वा नगरपालिकास्थित क्वारेन्टाइनका २६ बर्षिया एक महिला तथा १७ देखि ३० बर्ष उमेर समुहका ५ जना पुरुषहरु रहेका छन् ।

सप्तरीको बलानबिहुल नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका ४ देखि ३७ वर्ष उमेर समुहका ८ जना पुरुषहरु संक्रमित भएका छन् भने सिरहाको लहान नगरपालिकास्थित क्वारेन्टाइनका ३६ वर्षिय एक पुरुषमा समेत संक्रमण पुष्टी भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए । प्रदेश भरीमा बिहीबारसम्म ४४ हजार २ सय ३२ जनाको स्वाब संकलन गरिएकोमा ३ हजार ५ सय ४४ जना संक्रमित भएका छन् भने ३७ हजार ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा ५ सय ७४, सिरहामा ४ सय ९८, धनुषामा ४ सय १२, महोत्तरीमा ५ सय ३८, सर्लाहीमा ३ सय ३३, रौतहटमा ६ सय ६३, बारामा २ सय ५९ र पर्सामा ३ सय २६ जना गरि कुल ३ हजार ६ सय ३ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा आज (बिहीबार) मात्रै सप्तरीमा १ सय ३१, धनुषामा ९६, सर्लाहीमा ८३, बारामा १ सय २० र पर्सामा ८५ जना गरि कुल ५ सय १५ जनाको स्वाब संकलन गरिएको छ भने सप्तरीमा १७, सिरहामा १३, धनुषामा १, महोत्तरीमा ३५ र पर्सामा २ सय ६ गरि जम्मा २ सय ७२ जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

आरडिटी तर्फ अहिलेसम्म २१ हजार १ सय ८७ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा १ सय २५, धनुषामा १ सय ६१,महोत्तरीमा ४ सय ६०, सर्लाहीमा ६, रौतहटमा १ सय २६, बारामा ४४ र पर्सामा २० जना गरि कुल १ हजार ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २० हजार १ सय ८३ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३१ हजार ७ सय ९१ बेड क्षमताको ४ सय ५५ वटा क्वारेन्टाइनमा अहिले ३ हजार ७ सय ७० जनालाई राखिएको छ भने १८ हजार ५ सय ६० जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ७ सय ९६ बेड क्षमताको आईसोलेशनमा ६ सय ७४ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै महोत्तरीमा ६ सय ६५, सर्लाहीमा ६ सय २४, धनुषामा ४ सय ३, सप्तरीमा २ सय २, सिरहामा १ सय ७२, पर्सामा १ सय ६० र बारामा १ सय ११ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५६ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सप्तरीका १७ जना, धनुषाका ४ जना, महोत्तरीका ३१ जना र सर्लाहीका ४ जना व्यक्तिहरु रहेको उनले जानकारी दिए ।

योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका १ सय २१, सिरहाका ६२, धनुषाका २ सय ६४, महोत्तरीका १ सय ८५, सर्लाहीका ४ सय ९७, रौतहटका ५ सय १९, बाराका १ सय ४ र पर्साका १ सय ७१ जना गरि १ हजार ९ सय २३ जना संक्रमितहरु डिस्चार्ज भई आ-आफ्नो घर फर्किसकेका छन् । प्रदेश २ मा हालसम्म रौतहट, बारा र पर्साका १-१ जना गरि ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्