नगरपालिकाको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाईते



जनकपुरधामः धनुषाको मिथिला नगरपालिकाको टिपरले मोटरसाइकलमा ठक्कर दिँदा एक जना घाईते भएका छन् ।

घाईते हुनेमा धनुषाको लक्ष्मिनीया गाउँपालिका वडा नम्बर-१ सोहनी टोल बस्ने भोला यादवका २० बर्षिय छोरा उमेश यादव रहेको वडा प्रहरी कार्यालय मुजेलियाका इन्चार्ज प्रहरी नायव निरीक्षक मणु श्रेष्ठले जानकारी दिए ।

महेन्द्रनगरबाट जनकपुरधाम तर्फ आउँदै गरेको मिथिला नगरपालिकाको ज १ क ३६१ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको ज ८ प ५०४६ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिंदा मोटरसाइकल चालक यादव घाइते भएका छन् ।

घाइते यादवको जानकी मेडिकल कलेजमा उपचार भईरहेको र उनको अवस्था सामान्य रहेको छ । ठक्कर दिने टिपर प्रहरीको नियन्त्रणमा छ भने चालक फरार भएको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्