पाकिस्तानी आतंककारीद्वारा वृद्ध मारिएपछि असहाय बालकको भारतीय सेनाद्वारा उद्धार



काठमाडौं– पाकिस्तानी प्रयोजित आतंककारीले जम्मु काश्मीरको सोपोरमा एक वृद्धलाई गोली हानेर हत्या गरे । सोपोरमा एक वृद्ध र बालक गाडीमा गइरहेका आतंककारीको आक्रमणमा मारिएका थिए ।

वृद्ध मारिएसँगै बालक एक्लै बुबाको छातीमा बसेको दर्दनाक तस्बिर सार्वजनिक भएको थियो । उक्त बालकलाई भारतीय सेनाले उद्धार गरेको छ ।

भारतीय सेनाले एकपटक फेरी आफ्नो बहादुरीका साथै मानवीय भावनाको उच्च कदर गरेको, यो पछिल्लो उदाहरण हो ।

भारतीय सुरक्षा बल मानव अधिकारको रक्षा गर्ने विषयमा अग्रपंक्तिमा छ भन्न पुष्टि गर्ने यो अर्को आधार हो । बर्बर आतंकवादी हमलामा बुबा गुमाएका अवोध बालकलाई भारतीय सुरक्षाकर्मीले उच्चकोटीको मानवीय संवेदनाको सम्मान प्रकट गरेका छन् ।

एजेन्सी/ प्रकाशन–२०७७ असार, १९

प्रतिक्रिया दिनुहोस्