जनकपुर-अयोध्यासम्म पुन: बस सञ्चान गर्न र धर्म प्रचार गर्न एक युवाकाे साइकल यात्रा



जनकपुरधाम : नेपाली धर्म र संस्कृतिकाे प्रचारप्रसार र नेपाल-भारत सम्बन्धमा थप सुधार ल्याउन एक युवा सामान्य साइकलकाे भरमा जनकपुरधामबाट अयोध्यासम्मकाे यात्राकाे लागि हिँडेका छन् ।

 ३० वर्षीय रञ्जीत साह जनकपुरधामबाट शनिबार बिहान पत्रकार सम्मेलन गरी साइकलमा नेपाली झण्डा लगाएर अयोध्याको लागि हिँडेका हुन् । साईकल यात्री जनकपुरधाम उपमहानगरपालिका वडा न‌‌‍ं. ४ का रञ्जीत साह भारतको उत्तर प्रदेशको राम जन्म भूमि अयोध्याको लागि विदा भएका छन् ।

 

५२१ कि.मि.को यात्रा साईकलबाट अधिकतम ४ दिनमै पुरा गर्ने लक्ष्य लिएर जनकपुरको जीरो माइलबाट रञ्जीत आफ्नो साईकलसहित निस्केका हुन् । भ्रमणमा निस्कनु पूर्व रञ्जीत  पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै भने, 'आफ्नो धर्म र  संस्क़ृतिको जागरण गर्न म यो यात्राहरु गर्दै छु ।' उनले थप्दै भने, 'मोदी नेपाल अाएपछि बस उद्घाटन भयो तर अहलेसम्म चलेन म साईकल लिएर अयोध्या जाँदै छू  र योगी जीलाई भेटेर बस सुरु गर्न आग्रह गर्ने छु ।'

मिथिलाधामबाट अयोध्याधामको यात्रामा यसअघि नै घोषणा गरे अनुसार नै अाफू जान लागेको उनको भनाइ थियाे ।  मिथिलाको परम्परा र सम्बन्ध सुमधुर गर्नु पनि अाफ्नाे उद्देश्य रहेको रञ्जीतले बताए ।

५५ वर्षीय बुबा किशोरी साह र आमा सरस्वती देवीको कोखबाट जन्म लिएका रञ्जीत दुई भाई र तीन बहिनी मध्ये सबैभन्दा कान्छा भाई हुन् ।

स्थानीय सामुदायिक विद्यालय संकट मोचनबाट मात्र ७ कक्षा उर्तिण रञ्जीत यस क्षेत्रका साईकल यात्रीको नामले परिचित हुँदै अाएका छन् । रञ्जीतको अर्को इच्छा भनेको रक्तदान गर्नु पनि हो ।

 

प्रत्येक तीन महिनाको अन्तरमा उनले अहिलेसम्म ५ वर्षमा २३ पटक रक्तदानसमेत गरी सकेका छन । रञ्जीतको पहिलो साईकल यात्रा मधेश बन्दको बेला भएको थियो ।

त्यति बेला रञ्जीत जनकपुरधामबाट काठमाडाैंको पशुपतिनाथ दर्शन गर्न निस्केका थिए । जनकपुरधामबाट मात्र २२ घण्टामा २ सय २० किलोमिटरको यात्रा तय गरेपछि रञ्जितले हौसला दिने व्यक्तिहरु थुप्रै भेटे तर सरकारले भने रञ्जीतलार्इ अझैं चिन्न सकेकाे छैन । 

दोस्राे पटक उनले खाेटाङ जिल्लाकाे हलेसीसम्मकाे यात्राको लागि अठोट गरे । उनले २०७३ सालको आश्विन २१ गते हलेसी महादेवको दर्शनको लागि जनकपूरबाट कटारी हुँदै दुर्इ दिनमै साधारण साईकलकाे भरमा हलेसी महादेव स्थानमा गएर अर्को सफलता प्राप्त गरे ।

 

सामान्य परिवारमा हुर्केका रञ्जीत अहिले जनकपुरधामको नयाँ बसपार्कस्थित पान पसल सञ्चालन गरेर ६ जनाको परिवार धान्दै अाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्