साथीभाई भेट्न हिँडेका स्रमाट दशैंको टिका दिन बेपत्ता



काभ्रे : पाँचखाल नगरपालिका–६ तीनपिप्लेका पत्रकार ईश्वरी राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट बडादशैं (टिका दिन) शुक्रबार बिहान १० बजेदेखि बेपत्ता भएका छन् । 

 

सम्राट बिहान ढङ्गुगानाबेँसीस्थित नभप्रतिभा बोर्डिङ स्कूलमा साथीभाइ भेट्न गएकामा १० बजेसम्म पनि नआएपछि खोजबिन गर्दा कतै नभेटिएको मैनालीले बताए । 

 

स्थानीय प्रभातफेरी साप्ताहिकका सम्पादक रहेका मैनालीले भने, ‘बिहान साथी भेट्न हिँडेको छोरा टीकाको साइत भइसक्दा पनि नआउँदा खोजबिन गर्‍यौँ अहिलेसम्म कतै भेटिएन ।’ सम्राट नभप्रतिभा बोर्डिङ स्कूलमा कक्षा ६ मा अध्ययनरत छन् । 

 

जिल्ला प्रहरी कार्यालयले सम्राटको खोजीका लागि आज बिहानैदेखि प्रहरी पलिचालन गरिएको जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने, ‘मातहतका सबै निकायमा सूचना गरी खोजतलास शुरु गरिसक्यौँ ।’ 

प्रतिक्रिया दिनुहोस्