बझाङकी पहिलाे हलाे जाेत्ने महिला शान्ती पुजाराकाे दसैं दलित बस्तीमा



काठमाडाैं : नेपाल महिला संघकी जिल्ला अध्यक्ष शान्ति बोहरा पुजाराले यस वर्षकाे दसैं दलित समुदायसँग मनाएकी छन् । समाजमा विद्यमान सामाजिक भेदभावलार्इ अन्त्य गर्न अाफूले यस वर्षकाे दसैं दलित समुदायसँग मनाएकाे उनले बताइन् ।

 

उनी सानैदेखि सामाजिक परिवर्तन गर्नुपर्ने विचारधाराकी हुन् । उनी बझाङकाे पहिलाे हलाे जाेत्ने महिलाका रुपमा पनि चिनिन्छन् । 

 

२०४४ सालमा बुबा नरपति बोहराको निधनपछि घरको कामको जिम्मा उनकाे काँधमा आएको थियो । उनले २०४५/४६ सालदेखि हलो जोत्न सुरु गरेकी थिइन् । खेलकुद, राजनीति, महिला शशक्तिकरण र सामाजिक परिवर्तनमा सक्रिय शान्ति एक एकल महिला पनि हुन् । 

 

उनले खेलकुद क्षेत्रमा पनि थुप्रै याेगदान दिएकी छन् । अाफ्नाे जिवनकालमा ४ वटा राष्ट्रिय २१ वटा क्षेत्रिय प्रतियाेगितामा भलिबल, सटपुट लगायतका खेलबाट प्रथम स्थान हासिल गरी प्रमाण-पत्र हात पारिसकेकी छन् । 

सुर्मास्थित गैरीगाउँमा उनले यस वर्षकाे दसैं मनाएकी छन् । धार्मिक अास्था र जातिय छुवाछुतले ग्रस्त बझाङ्गी समाज त्यसमाथि सुर्मा सराेबर क्षेत्र जातिय छुवाछुत सबैभन्दा अगाडी छ । 

सुर्मामा देवीकाे स्थान भएकाले जुत्ता, चप्पलसमेत लगाएर हिँड्न मिल्दैन । यस्ताे ठाउँमा सहजै अनुमान लगाउन सकिन्छ दलितलार्इ कुन दृष्टिले हेर्छन् हाेला ? उनी पुजारा परिवारकाे सदस्य भएकाले दलित बस्तिमा दसैं जस्ताे महान पर्व मनाउँदा समाजले हेर्ने दृष्टि झन् कति कठाेर हाेला ?

उनी सामाजिक परिवर्तन चाहाने र शिक्षित परिवार जन्मनुभएकाले यी सबै कुरालार्इ सामान्य रुपमा लिएर दलित बस्तिमा गइन र खानपिन र टिका टालाेमा व्यस्त भइन् । उनले दलितसँग दसैं मनाएपछि सुर्मावासीमध्येमा कतिले अब दलित नै हाे भने कतिले राम्राे सुरुवात भन्दै प्राेत्साहन दिए । 

उनले गैरीगाउँमा निवासी करन दमाई र दीपक दमाईको घरमा दसैं मनाउँदा कतिले थुइ थुइ गरे हाेलान् ? याे उनले कहिल्यै साेच्नु भएन बरु समाजलार्इ चुनाैती दिदै सबैकाे घर- घरमा पुगी मासुभात खाँदै टिका जमरा पहिर्‍याइन् । २१ अाैं सताब्दीमा अाइपुग्दा पनि सुर्माबासी दलितकाे शरिरमा छुइँदा समेत पानी र गहुँत चाेख्याउँने गर्दछन् ।

 

शान्ति पनि देवीकै पुजा गर्ने पुजारा परिवारकी सदस्य हुन् । तर उनले माइती र कर्मघर दुवै घरमा साेधेर दलित बस्तिमा दसैं मनाएकाे बताइन् । उनका परिवारका सदस्य सुर्मा भित्र अरुभन्दा शिक्षित भएकाले स्वीकार गरेकाे बताइन् । 

प्रतिक्रिया दिनुहोस्