सुदूरपश्चिम प्रदेशको ७ स्थानमा मौसम मापन केन्द्र स्थापना



धनगढीः सुदूरपश्चिम प्रदेशका ७ स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएको छ ।

सुख्खा फलफूल केन्द्र सतबाँझ, गोकुलेश्वर कषि क्याम्पस गोकुलेश्वर, कृषि ज्ञान केन्द्र बझाङ र तरकारी जर्मप्लाज्म सम्बर्द्धन तथा बीउ उत्पादन केन्द्र घटाल डडेल्धुरामा मौसम मापन केन्द्र स्थापना गरिएको हो ।

त्यस्तै कृषि विकास निर्देशनालय दिपायल डोटी, कृषि ज्ञान केन्द्र कञ्चनपुर र टीकापुर प्राविधिक शिक्षालय कैलालीमा केन्द्र स्थापना गरिएको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ ।

मापन केन्द्रले मौसमको पूर्वानुमान, हावाहुरी, घाम, पानी, बादल र आद्रता मापन गर्ने जनाइएको छ । कूल २६ लाख ३९ हजार रुपैयाँ लागतमा निर्देशनालयले उपकरण जडान गरी केन्द्र स्थापना गरेको हो ।

कृषि विकास निर्देशनालय दिपायलले जडान गरेको मौसमसम्बन्धी जानकारी दिने उपकरणको रिपोर्ट कृषि विकास निर्देशनालयबाट अध्यावधिक हुने छ ।

प्रतिक्रिया दिनुहोस्