नेपाल टेलिकमले ल्यायो नयाँ अफर



काठमाडौँ : नेपाल टेलिकमले विहीबारदेखी नै लागु हुनेगरी जिएसएम तथा सिडिएमए पोष्टपेड मोबाइल र एफटीटीएचमा विभिन्न अफरहरु उपलब्ध गराएको छ ।

कम्पनीको अनुसार नेपाल सरकारले साउन १ बाट नै लागू हुनेगरी स्वामित्व शुल्कमा पारमार्जन गरिएकोले अब पोस्टपेड मोबाइलमा पहिलोपटक सिम खरिद गर्दा लाग्ने गरेको ५ सय रुपैयाँ स्वामीत्व शुल्क अब नलाग्ने भएको छ ।

हाल नयाँ सिमकार्ड लिनका लागि ९४५ रुपैयाँ लाग्ने गरेकोमा अब ५०० रुपैयाँमा नै नयाँ पोस्टपेड सिमकार्ड खरिद गर्न सकिनेछ । प्रत्येक नयाँ सिमकार्ड र रिचार्जकार्ड खरिद तथा शुल्क भूक्तानीमा २ प्रतिशत स्वामित्व शूल्क लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसारू रिचार्ज कार्ड बैँक, एमपोश, कम्पनीको काउन्टर स्मार्ट कार्ड आदिबाट भुक्तानी गर्दा २ प्रतिशत स्वामीत्व शुल्क लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्