रियलमीका दुई स्मार्टफोन बजारमा



एजेन्सी : विश्वकै सबैभन्दा तिव्र गतिमा वृद्धि भइरहेको स्मार्टफोन ब्राण्ड रियलमीले आज बहुप्रतिक्षित रियलमी ५ र रियलमी ६ आई स्मार्टफोनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी ५ प्रोको सेक्सेसरको रुपमा रियलमी ६ ले क्यामेरा , डिस्प्ले र पर्फमेन्समा धेरै अप्ग्रेडहरु ल्याएको छ । भने रियलमी ५ आईमा निर्मित रिएलमि ६ आईमा उत्कृष्ठ क्यामेरा र नयाँ डिजाइन पनि रहेको छ ।

रियलमी ६मा ८ जीबी र्‍याम र १२८ जीवी स्टोरेज रहेको छ । मिडियाटेक हेलियो जी ९० टी एसओसी, ६.५ इन्च ९० हट्रज अल्ट्रा स्मुथ डिस्प्ले, ६४ एमपी एआई क्वाड क्यामेरा र ३० वटा फास्ट चार्जिङ जस्ता विशेषता रहेका छन् ।

रियलमी ६ आईमा ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको छ । मिडियाटेक हेलियो जी ० एसओसी, ६.५ इन्च एचडी प्लस मिनी ड्रप डिस्प्ले, ४ एमपी एआई क्वाड क्यामेरा, ५ हजार एमएएच ब्याट्री र १८ वाटको फास्ट चार्जिङलगायतका विशेषताहरु रहेका छन् ।

रिएलमी ६ र रिएलमी ६ आई युआईको साथमा साथमा एन्ड्रोइड १० मा आधारित रहेका छन् । रियलमी ६ को मूल्य ३२ हजार ९ सय ९० र रियलमी ६ आईको मूल्य २५ हजार ९ सय ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्