सुनसरीमा सशस्त्र प्रहरीले गोली चलायो



सुनसरी : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जना गम्भीर घाइते भएका छन् ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट हरिनगर गाउँपालिका– ७ जटबरामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर हरिनगर–७ सुकुम्बासी टोलका सहजब जट गम्भीर घाइते भएका हुन् ।

सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका उपरीक्षक कृष्ण ढकालका अनुसार पेटमा गोली लागेर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

शुक्रबार राति भारतबाट आउँदै गरेको समूहलाई सशस्त्र प्रहरीले सोधपुछ गर्दा बाँस र ढुंगाले आक्रमण गरेको ढकालले बताए ।

सीमा सुरक्षामा खटिएका प्रहरी जवान जीवराम विशंखेमाथि तस्करको समूहले आक्रमण गर्दै हतियार खोस्न खोजेपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ ।

यसअघि बिहरीबार सुनसरीको देवानगञ्ज गाउँपालिका–३ पानीटंकीमा नेपाल प्रहरी र अपराकि समूहबीच गोली हानाहान भएको थियो । योसँगै सुनसरीमा लगातार दोस्रो गोली चलेको

हो ।प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–२ बस्ने २३ वर्षीय पिन्टु यादव र देवानगञ्ज ३ बस्ने राजेश यादव घाइते भएका छन् ।

प्रकाशति : साउन ३, २०७७

प्रतिक्रिया दिनुहोस्