बसेको केही मिनेटमै नेकपा स्थायी कमिटी बैठक स्थगित



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक मंगलबार पनि फेरी स्थगित भएको छ । बैठक केही मिनेट मात्र बसेर स्थगित भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार दिउँसो शुरु भएको बैठक केही मिनेट मात्र चलेर पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थगित भएको सूचना दिएका थिए ।

बैठकमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहेको स्रोतले जनाएको छ ।

बैठक यही साउन १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपाको जारी स्थायी समिति बैठक गत असार १७ गतेपछि ६ पटक स्थगित भएर आजका लागि सारिएको थियो ।

प्रकाशित : साउन ६, २०७७

प्रतिक्रिया दिनुहोस्