पानी निकासको विषयमा दुई पक्षबीच कुटपिट हुँदा ७ जना घाइते



जनकपुरधाम : महोत्तरीमा बाढीबाट जोगिन पानीको निकासको विषयमा दुई पक्षबीच विवाद भई कुटपिट हुँदा ७ जना घाइते भएका छन् ।

आज (बुुधबार) बिहान महोत्तरीको सोनमा गाँउपालिका वडा नम्बर–३ रघुनाथपुरमा वर्षाको पानी पसेपछि पानी निकासको बाटो आ–आफ्नो अनुकुल खोल्ने कुरामा स्थानिय चतुरी यादव र सुजित यादवको परिवारबीच विवाद हुँदा ३ महिला सहित ७ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा स्थानीय सुजित यादव, उनकी ४० वर्षीय श्रीमती किरणदेवी यादव, छोराहरु २० वर्षीय रविशंकर यादव र हरिशंकर यादव रहेका छन । त्यस्तै चुतरी यादवका २२ वर्षीय छोरा रुपेश यादव, भाईवुहारी ४० वर्षीय वर्षा यादव र उनकी आमा समेत घाइते भएकी छन् ।

घाइतेहरुको जनकपुरधामस्थित जानकी हेल्थ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : साउन ७, २०७७

प्रतिक्रिया दिनुहोस्