अमेरिकामा कोरोना संक्रमितको संख्या ४१ लाख नाघ्यो



एजेन्सी : अमेरिकामा ४१ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ७१ हजार ५०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ४१ लाख ७० पुगेको छ।

यस्तै एकै दिन १ हजार २१३ जनाको मृत्यु भएपछि अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४६ हजार १४२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १९ लाख ४२ हजार ५०७ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २० लाख ११ हजार ४२१ जनामध्ये १९ हजार १७९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्