सजाय सहुलियत दिने न्यायाधीशमाथि महाअभियोग लगाउन भन्दै माइतीघर मण्डलामा प्रदर्शन



काठमाडौंः पूर्वडिआइजी रञ्जन कोइरालालाई सर्वस्वसहित जन्मकैदको सजायबाट सहुलियत दिने न्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका अभियुक्तको कैद सजाय घटाउने विवादास्पद फैसलाका कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको ‘कार्यक्षमता’ माथि गम्भीर प्रश्न उठेको हो ।

राणा र केसीको संयुक्त इजलासले गत असार १५ गतेको मितिमा गरेको फैसलाका कारण अभियुक्त पूर्व डीआईजी रञ्जनप्रसाद कोइराला बिहीवार जेलमुक्त भइसकेका छन् । उक्त फैसलाको पूर्व प्रधानमन्त्री र राजनीतिक दलका नेता तथा कार्यकर्ता, सर्वोच्चकै पूर्व न्यायाधीश, वरिष्ठ अधिवक्ता, अधिवक्ता लगायतले सार्वजनिकरूपमै आलोचना गरिसकेका छन् ।

सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालाको सजाय न्यायाधीश जबरा र केसीको इजलासले ८ वर्ष ६ महिना कायम गरिदिएपछि कोइराला सदरखोर डिल्लीबजारबाट बिहीवार जेलमुक्त भइसकेका छन् ।

कोइरालालाई सजायमा सहुलियत दिने क्रममा प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीले गरेको व्याख्या र त्यसक्रममा लिइएका मुख्य २ आधारमा प्रश्न उठेको छ, जसले फैसला गर्ने न्यायाधीशहरूको कार्यक्षमतामा प्रश्न उब्जाएको छ ।

प्रतिक्रिया दिनुहोस्