विमान दुर्घटनामा तीन जनाको मृत्यु



एजेन्सी : संयुक्तराज्य अमेरिकाको पश्चिमी उटाह राज्यको वेस्ट जोर्डानमा सानो विमान शनिबार दुर्घटना हुँदा विमानमा सवार तीन जनाको मृत्यु भएको छ । विमानमा तीन बालबच्चासहित कूल छ जना सवार रहेको प्रहरीले जनाएको छ ।

वेस्ट जोर्डान प्रहरी विभागका अनुसार एक–इन्जिनयुक्त उक्त विमान वेस्ट जोर्डानको पछिल्तिर आवासीय क्षेत्रमा खसेको थियो ।

विमान खसेको एक घरकी महिला पनि घाइते हुनुभएको र उनको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अमेरिकी सङ्घीय नागरिक उड्डयन प्रशासनले उक्त घटनाको छानबिन थालेको छ । रासस

प्रतिक्रिया दिनुहोस्