प्रधानमन्त्री ओली भेट्दै प्रचण्ड–खनाल



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान ११ बजेका लागि तय भएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएको सूचना सार्वजनिक भएको थियो । सूचना नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै बैठक स्थगित भएको जानकारी दिएका थिए ।

तर, प्रधानमन्त्री ओलीले एकलौटी ढंगले बैठक स्थगित गरेको भन्दै उनी इतर पक्षले बैठक बस्ने तय गरेको थियो । सो पक्षका बैठक जारी रहेकै बखत प्रचण्ड र खनाल प्रधानमन्त्रीलाई भेट्न गएका हुन् ।

प्रचण्ड–नेपाल पक्षको बैठकको बारेमा नेताहरुको फरक–फरक धारणा दिएका छन् । केहीले अनौपचारिक बैठक मात्रै भएको बताएका छन् ।

सो बैठकमा २५ सदस्य सहभागी भएको जानकारी प्राप्त भएको छ भने उनीहरु प्रचण्ड र नेपाल पक्षका नेताहरु हुन् ।

प्रकाशित : साउन १३, २०७७

प्रतिक्रिया दिनुहोस्