कर्णाली प्रदेशको गाउँपालिकामा मोबाइल एप्स



हुम्ला : सिमकोट गाउँपालिकाले पहिलो पटक मोबाइल एप्स आइतवारदेखि सञ्चालनमा ल्याएको छ । 

 

सिमकोट गाउँपालिकामार्फत् सञ्चालन गरिँदै आएका हरेक सेवासुविधालाई अझ सरल, सुलभ र सर्वसाधारणका लागि सजिलै सूचना प्रवाह गर्नका लागि मोबाइल एप्स सञ्चालनमा ल्याइएको गाउँपालिकाका नायब सुब्बा ममता महतले बताइन् ।

 

अब सर्वसाधारणले गाउँपालिकाको कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, सेवालगायत गाउँपालिकाका गतिविधि सजिलै मोबाइलमार्फत् हेर्न सकिने व्यवस्था भएको नासु महतले बताइन् ।

 

साविक कर्णालीका अन्य ४ जिल्ला जुम्ला, मुगु, डोल्पा र कालिकोटलाई स्वीकृति नदिइएको र हुम्लाको सिमकोट गाउँपालिकालाई पहिलो पटक मोबाइल एप्स स्वीकृति दिइएको गाउँपालिका उपाध्यक्ष वली रावतले जानकारी दिए । 

 

आफ्नो मोबाइलमा रहेको प्ले स्टोरमा गई सिमकोट रुरल म्युनिसिप्यालिटी टाइप गरी डाउनलोड गरेर सिमकोट गाउँपालिकाको हरेक सूचना गतिविधि मोबाइलमार्फत् नै जानकारी लिन सकिने महतले बताइन् । 

प्रतिक्रिया दिनुहोस्