सेनाका उपरथी हमालले फोर्स कमान्डरको कार्यभार सम्हाले


काठमाडौंः नेपाली सेनाका उपरथी ईश्वर हमालले मध्यपूर्वस्थित गोलानहाइटमा रहेको संयुक्त राष्ट्र संघीय मिसनको हेड अफ मिसन र फोर्स कमान्डरको कार्यभार सम्हालेका छन् ।

श्रावण १२ गते एक विशेष समारोहकाबीच उनले उक्त मिशनका एक्सिङ हेड अफ मिसन अमेडदो मिसेल्लीसँग कार्यभार बुझेका हुन् । उक्त कमाण्ड बुझबुझारथ कार्यक्रममा शान्ति सैनिकको एक टुकडीले उनलाई सम्मान गारत अर्पण गरेको थियो ।

उक्त औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उपरथी हमालले मिशनका लक्ष्यहरु हासिल गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै सबैको सहयोगको अपेक्षा रहेको बताए । संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुट्टेरेसद्धारा उपरथी हमाललाई ०७६ फाल्गुण १२ गते उक्त पदमा नियुक्त गरेका हुन् ।

हाल आर्मी कमान्ड तथा स्टाफ कलेज कमान्डन्टका रूपमा कार्यरत रहेका हमाल नेपाली सेनाका अब्बल अधिकृत हुन् । सन् १९८५ बाट नेपाली सेनामा प्रवेश गरेका उनले नेपाली सेनाद्वारा प्रदान गर्ने सबै तालिममा उत्कृष्टता हाँसिल गरेका छन् ।

गुल्म, गण, वाहिनी र पृतनाको नेतृत्व गरिसकेका हमाल नेसनल डिफेन्स युनिभर्सिटी अमेरिकाबाट वार कलेज र प्रतिआतंकवादसम्बन्धी फेलोसिपसमेत प्राप्त गरेका थिए । उपरथी हमालले लेबनान, युगोलास्भिया, आइभरिकोेस्टमा राष्ट्रसंघको प्रतिनिधिका रूपमा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

महेन्द्रनगरः आज (शनिबार) विहान कञ्चनपुरको महाकाली अस्पतालमा नेपाली सेनाले शव व्यवस्थापनको डेमो प्रदर्शन गरेको छ

काठमाडौं : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुको

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको बधाई तथा शुभकामना

काठमाडौं : आज देशभरको मौसममा बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वीरगञ्ज : वीरगञ्जमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पताल अस्थायी

भजनीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कैलालीको बाढी प्रभाबित क्षेत्रको अनुगमन गरेका छन् । उनले

काठमाडौंः काठमाडौंको सुन्धाराबाट अबैध सुनचाँदी तथा २ थान चाईनिज पेस्तोल छाडी फरार रहेका अभियुक्त निलेश

काठमाडौंः राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन समितिले शुक्रबार पारित गरेको छ

काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना

जनकपुरधाम : जनकपुरधामको रामजानकी हस्पिटलमा चिकित्सकको लापरवाहीका कारण एकजना सुत्केरी महिलाको ज्यान गएको एक हप्ता

सिन्धुपाल्चोक : जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरोमा परी मृत्यु भएका पाँच