राष्ट्रिय सभा मातहतका विषय समितिमा रहने सदस्य मनोनयन


काठमाडौंः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने संसदीय दलबाट प्राप्त नामावली अनुरुप विषयगत समितिमा रहने सदस्य मनोनयन गरेका छन् ।

कार्यव्यवस्था परामर्श समितिको सल्लाहमा अधिवेशन नरहेको अवस्थामा अध्यक्षबाट आदेश जारी भई समितिमा रहने सदस्यको मनोनयन भएको हो । राष्ट्रियसभाबाट जारी सूचना पत्र अनुसार, दीगो विकास तथा सुशासन समितिमा कविता बोगटी, गङ्गाकुमारी बेलवासे, चक्रप्रसाद स्नेही, जगप्रसाद शर्मा, तारादेवी भट्ट, दीनानाथ शर्मा र नन्द्रा चपाईलाई मनोनय गरिएको छ ।

त्यस्तै उक्त समितिमा महेशकुमार महरा, मायाप्रसाद शर्मा, रमेशजंग रायमाझी, विमला घिमिरे, शारदादेवी भट्ट र सिगबहादुर विश्वकर्मा मनोनयन भएका छन् ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा अगमप्रसाद वान्तवा राई, गोपाल भट्टराई, चन्द्रबहादुर खड्का, तुलसाकुमारी दाहाल, नरपति लुवार, नैनकला ओझा र राधेश्याम अधिकारी छन् । उक्त समितिमा रामनारायण बिंडारी, बीना पोखरेल, शान्तिकुमारी अधिकारी जिसी, शेरबहादुर कुँवर, सुमित्रा बिसी र हरिराम चौधरीलाई मनोनयन गरिएको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय सिमितिमा अनिता देवकोटा, इन्दिरादेवी गौतम, इन्दु कँडरिया, उदया शर्मा, कोमल वली, खिमलाल भट्टराई, गोपीबहादुर सार्की र दीपा गुरुङको मनोनय भएको छ । सांसद दिलकुमारी रावल, नारायणकाजी श्रेष्ठ, रामचन्द्र राई, रामलखन चमार, शेखरकुमार सिंह र सुमनराज प्याकुरेलको सोही समितिमा चयन भएको छ ।

विधायन व्यवस्थापन समितिमा खीमकुमार विक, जीतेन्द्रनारायण देव, जीवन बुढा, ठगेन्द्रप्रकाश पुरी, तारामान स्वाँर, देवेन्द्र दाहाल, पर्शुराम मेघी गुरुङ र प्रकाश पन्थ रहेका छन्। अध्यक्ष तिमिल्सिनाले उक्त समितिमा रहने गरी प्रमिला कुमारी, बेदुराम भुसाल, भगवती न्यौपाने, भैरवसुन्दर श्रेष्ठ, मृगेन्द्रकुमारसिंह यादव, राधेश्याम पासवान र डा.विमला राई पौडेललाई मनोनयन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

नेपालगन्जः प्रदेशसभाको सार्वजनिक लेखा समितिले सवारी साधन मर्मतमा भएको अनियमितताको छानविन शुरु गरेको छ ।

काठमाडौंः यो वर्षको सबैभन्दा धेरै उल्ला वर्ष बुधबार रातिदेखि बिहीबार बिहानसम्म हुँदैछ । नेपाल एस्ट्रोनोमिकल

काठमाडौं : नेपालमा थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै

जनकपुर : जनकपुरस्थित जानकी हेल्थ केयर अस्पतालमा गत सोमबार मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण

सिन्धुली : समुदाय स्तरमा कोरोना संक्रमण फैलिनसक्ने आंशकामा सिन्धुली जिल्ला सदरमुकामस्थित कमलामाई नगरपालिका एक साताका

पेरिस : महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर दुई करोडभन्दा बढी मानिस संक्रमित भएका छन्

मोरङ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । कालापानी क्षेत्रमा उत्पन्न सीमा विवादका कारण केही समयदेखि संवादहीनताको अवस्थामा रहेको नेपाल र

काठमाडौं : ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ

जनकपुरधाम : कोरोना संक्रमणबाट जनकपुरका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको मृत्यु भएको छ

बुटवल : बुटवलको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा भर्ना भएका कपिलवस्तुका दुई जना पुरुषको मृत्यु

बाजुरा : गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको