पाकिस्तानको नयाँ नक्सामा भारतको आपत्ति, सीमा आतंकवादलाई समर्थन गरेको आरोप



काठमाडौं– पाकिस्तानले जारी गरेको नयाँ नक्सा प्रति भारतले आपत्ति जनाएको छ ।

भारतको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै पाकिस्तानको प्रधानमन्त्री इमरान खानको कदममाथि खेद प्रकट गरेको हो ।

भारतको गुजरात राज्य र जम्मू, काश्मीर र लद्दाखका क्षेत्रहरू आफ्नो भनेर दाबी गर्नु राजनैतिक मूर्खताको अभ्यास भएको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ– ‘यी हास्यास्पद दाबीहरूको न कानूनी वैधता छ न अन्तर्राष्ट्रिय विश्वसनीयता ।’

पाकिस्तानको यो प्रयासले सीमा आतंकवादले समर्थन गरेको पुष्टि हुने भारतको भनाई छ ।

पाकिस्तानले मंगलबार नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । पाकिस्तानको मन्त्रिपरिषद्ले नयाँ राजनीतिक नक्सा जारी गर्न अनुमति दिएको थियो । जसमा जम्मु काश्मिर–लद्दाख र जूनागढ पाकिस्तानको भूभाग भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्