प्रधानमन्त्री र प्रधानन्यायधीशबीच मध्यरात भेटवार्ता : नेकपामा भुइँचालो, अधिवक्ताहरु छलफलमा



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाबीच मध्यरातमा भेटवार्ता भएको खुलेको छ । केही दिनअघि ओली र राणाबीच बालुवाटारमा मध्यरातमा भेटवार्ता भएको सुइको पाएपछि अभिवक्ताहरु सशंकित बनेको अवस्था छ ।

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यरात हामीले भनेको तपाईंले मान्ने, तपाईंलाई हामीले बचाउने’ बारे संवाद चलेको ‘सूचना’ पाएपछि उनीहरु शुक्रबार अपराह्न बानेश्वरको अर्याल होटलमा भेला भएका थिए ।

साढे १ महिनादेखि नेकपाभित्र चलेको सत्ता संघर्षको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई मध्यरातमा निवासमा बेलाएर यस्तो संवाद गरेपछि नेकपा वृतमा पनि भुइँचालो गएको छ ।

प्रधानमन्त्रीले आफ्नो अनुकूल अध्यादेश ल्याए संसद विघटनदेखि पार्टी विभाजनसम्मको रणनीति बनाइरहेको आशंका व्यक्त भइरहेका बेला प्रधानन्यायाधीशलाई मध्यरातमा भेट्नुले त संशय पैदा गराएको छ ।

कुर्सीमा रहिरहन प्रधानमन्त्री ओली पार्टी विभाजन र संसद् विघटन गरिदिने भय बढेको छ ।

नेकपाका अध्यक्ष पुष्पकल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ सर्वाजनिक रुपमा ओली विरुद्ध उत्रिएको अवस्था छ । बुधबार उनीहरु नेकपा निकट पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रम गरेर ओलीविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका थिए ।

उनीहरुले नकारात्मक प्रवृत्तिका पात्रहरुको भूमिका परिर्वतन गरेर भए पनि अगाडि बढ्नुुपर्ने बताएका थिए ।

पार्टीलाई विसर्जनको दिशातिर लाने र सरकार असफल भएर चुनावमै जान नसक्ने अवस्था आउन नदिन पनि नकारात्मक प्रवृत्तिका पात्रहरुको भूमिका परिर्वतन गरेर सकारात्मक प्रवृत्तिलाई स्थापित गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको उनीको भनाइ थियो ।

‘हामी सधैँ राम्रोभन्दा राम्रो परिस्थिति तयार गर्न लागिरहनुपर्छ । तर, कम्युनिस्टहरू खराबभन्दा खराब परिस्थितिका लागि पनि तयारचाहिँ हुनुपर्छ,’ प्रचण्डले विभाजनको खराब अवस्थासमेत आउन सक्ने संकेत गर्दै भने, ‘वर्गसंघर्ष, समाज विकास र प्रकृतिको नियमअनुसार पनि अहिले कोरोना आउला अनि संसारभर यस्तो समस्या र संरचना पैदा गर्ला भन्ने कुरा चार महिनाअघिसम्म केही थाहा थिएन, सोचिएको पनि थिएन । पार्टीमा पनि यस्तो हुन सक्छ ।’

यता ओलीले प्रचण्डसँगको भेटवार्ता स्थगित गरेर हिजो राति राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ऋषि कट्टेलले सत्तारुढ दल नेकपाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दा विचाराधिन छ ।

भेटमा उक्त मुद्दाको सुनाइ गर्दै नेकपालाई अवैधानिक ठहर गराएर सुर्य चुनाव चिह्न सुनिश्चित गर्दै पार्टी विभाजनमा जाने विषयमा पनि छलफल भएको बुझिएको छ ।

रञ्जन कोइरालाको सजाय घटाउने फैसलामा चुकेका प्रधानन्यायाधीशलाई प्रभावित पार्न खोजिएको वरिष्ठ अधिवक्ताहरुको अनुमान छ ।

प्रधानन्यायाधीशको कमजोरीमा बालुवाटारले खेल्न चाहेको र पार्टीको विवाद अदालतमा विचाराधिन रहेकाले साथ खोजिएको अधिवक्ताहरुको आँकलन थियो ।

अधिवक्ताहरुबीच सरकार र प्रधानन्यायाधीशको रवैया यस्तै भए सडकदेखि अदालतसम्म आन्दोलनको आँधीबहरी सिर्जना गर्नेसम्मको सल्लाह भएको छ ।

त्यसमा मिडियाले समेत साथ दिनुपर्ने नेपाल बारका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काले बताए । उनकाअनुसार खबरदारीका लागि हरि उप्रेती, भीमार्जुन आचार्य र सुनिल पोखरेल सम्मिलित एउटा कार्यदल गठन भएको छ ।

कार्यदलले दिने रिपोर्टका आधारमा हिजो बुधबार अपराह्न ४ बजे फेरि अर्याल होटलमै बसेर एउटा निष्कर्ष निकालिएको छ ।

‘औसत’ व्यक्तिलाई न्यायाधीश बनाउँदाको प्रभाव न्यायपालिकामा देखियोले बलियो संघर्षको आवश्यकता देखिएको कार्यदलको ठहर छ । अर्याल होटलको उक्त भेलामा १५ जना प्राध्यापकसहित करिव ४० वरिष्ठ अधिवक्ता उपस्थित थिए । त्यहाँ सहभागी वरिष्ठ अधिवक्ता प्रा।डा। युवराज संग्रौलाका अनुसार, न्याय प्रणाली र अपभ्रंसित न्यायका बारेमा गम्भीर चिन्ता व्यक्त गरियो ।

बारका पूर्वअध्यक्षहरु हरिहर दहाल, शम्भु थापा, प्रेमबहादुर खड्कासहित वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ, हरि उप्रेती, डा। कुमार शर्मा आचार्य, रविराज खनाल, सुनिल पोख्रेल, शैलेन्द्र दाहाल, मुक्ति प्रधान, दिनेश त्रिपाठी, एकराज भण्डारी, तुलसी भट्ट, टीकाराम भट्टराई, माधव बाँस्कोटा, युवा कानुन व्यवसायी कपिल ढकाल, जितेन्द्र मडै, ज्ञानु गौतम, अमृत खरेल, बाबुराजा शाक्यहरुले मुलुक गम्भीर मोडमा फस्न सक्ने चिन्ता व्यक्त गरेका थिए । त्यसका लागि प्रधानमन्त्री ओलीलाई सचेत गराउने पर्ने उनीहरुको तर्क थियो ।

यता प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच पनि भेटवार्ता बक्लिदो छ । यसले उक्त आशंकालाई थप बेल पुर्याएको देखिन्छ ।

बारका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले भने, ‘कार्यकारी र न्यायपालिका एउटै हुनु भनेको दुर्भाग्य हो । त्यसैले अब हामी चूप लाग्ने कुरै आउँदैन ।’

शुरुमा उनीहरुले सांसदलाई घचघच्याएर समाधान खोज्ने, यदि त्यसरी समाधान ननिस्किए सडकमा जाने नीति अख्तियार गर्दैछन् ।

भेलाबाट फर्किएपछि वरिष्ठ अधिवक्ता संग्रौलाले आफ्नो फेसबुक वालमा न्यायाधीश भएका एकजनाले आत्महत्यासम्म गर्नुपर्ने अवस्था आएको प्रक्रिया दिएका थिए ।

उनले भने, ‘अदालतमा भ्रष्टाचार छ, बिचौलिया छन्, हिजो गोजीबाट न्यायाधीश टिप्ने काम भयो । असल मानिसको मानमर्दन भयो, न्यायाधीश भएका एकजनाले आत्महत्यासम्म गर्नुपर्ने अवस्था आयो ।’

सेटिङ मिलाउने कार्यका बारेमा रोचक कुराहरू भएको उनले उल्लेख गरेका छन् ।

‘न्यायाधीश हुन कुद्नेका बारेमा पनि कुरा उठे । संसदले के हेरेर न्यायाधीशको नियुक्ति सदर गयो रु अब यो पनि उठ्नुपर्ने कुरा उठे । सुनुवाइको समयमा सांसदका घरमा न्यायाधीशहरु पुगेका, केही सांसदले हात चिल्ला पारेका कुरा पनि उठे,’ उनले भने ।

प्रकाशित : साउन २२, २०७७

प्रतिक्रिया दिनुहोस्