सिन्जियाङको हिरासतमा रहेका चिनियाँ मोडल भन्छन्–बाँच्ने अन्तिम आशा हो



एजेन्सी : मेर्डान घापर प्रायस्क्यामेरामा पोज दिने गर्छन् । चिनियाँ अनलाइन रिटेलर ताओबामा मोडलिङ गर्ने ३१ वर्षीय घापरलाई राम्रै पैसा दिइएको छ । उनले विभिन्न लुगाको ब्रान्डिङमा मोडलिङ गरेका छन् ।

तर, घापरको एक भिडियो भने फरक छ । उनी कुनै फेसनेवल सहरको सडक अथवा भव्य स्टुडियोमा होइन्, फोहोर भित्ता र खियाल लागेको झ्याल भएको कोठाभित्र छन् । उनी यस पटकको भिडियोमा कुनै पोज दिइरहेका छन् । उनी चुपचाप छन् तर आत्तिएकाजस्ता देखिन्छन् ।

उनले दायाँ हातले क्यामेरा समातेका छन् भने उनको लुगा पनि फोहोर देखिन्छ । उनका बायाँ हातको कोठामा भएको एउटा खाटमा बाँधिएको छ । त्यो कोठामा भएको एकमात्र फर्निचर त्यही एउटा खाट हो ।

यो भिडियो थुप्रै टेक्स्ट म्यासेजसहित बीबीसीलाई प्राप्त भयो । हिरासत कक्षबाट एक व्यक्तिले उच्च सावधानी र पूर्ण गोपनीयताका साथ बीबीसीलाई पठाए । यस भिडियोसँगै पठाइएको सन्देशमा चीनले तीन खराब शक्तिविरुद्ध लडिरहेको भनिएको अतिवादी, आतंकवादी र पृथकतावादीको विषयमा उल्लेख गरिएको छ ।

केही वर्षयतादेखि पश्चिमी प्रान्त सिन्जियाङका करिब १० लाख उइगर र अल्पसंख्यकहरु चीनको हिसासतमा रहेको बताइँदै आएको छ । चीनले उनीहरुलाई अतिवादविरुद्ध प्रशिक्षण दिइरहेको बताउँदै आएको छ । तर, उनीहरुलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको छ ।

हजारौं बालबालिकालाई उनीहरुको अभिभावकबाट अलग गराइएको छ । महिलाहरुलाई जबरजस्ती बच्चा नजन्माउन दबाब दिइन्छ ।

घापरको अकाउन्टबाट पनि धेरै प्रमाणहरु प्राप्त गर्न सकिन्छ । त्यहाँ हिरासतमा रहेकाहरुलाई यातना र दुर्व्यवहार गर्ने गरिएको छ । उइगरहरुलाई गैरकानुनी रुपमा कुनै मुद्दाबिना हिरासतमा राखिएको छ ।

उनीहरुलाई गम्भीर मनोवैज्ञानिक दबाब दिने गरिएकोसमेत बताइएको छ ।

अहिले सिन्जियाङमा कोरोना भाइरसको महामारी फैलिएको छ । तर, उइगरहरुलाई यस विषयमा जानकारी गराइएको छैन भने सबैलाई एकै ठाउँमा राखिएको छ । सरसफाई गर्न पाएका छैनन् । उइगरहरु राखिएका हिरासतहरुमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको छ ।

बीबीसीले यस विषयमा विस्तृत जानकारी गराउनका लागि चिनियाँ विदेश मन्त्रलायलाई पत्र पठाएको छ । घापरका परिवारलाई विगत पाँच महिनादेखि यस विषयमा जानकारी गराइएको छैन । उनका परिवारले विगत पाँच महिनादेखि आफ्नो छोराको कुनै सन्देश नदिइएको जनाइएको छ । ३८ मिनेट लामो उक्त भिडियामा उनले भोगेको यातनाको बारेमा जानकारी गराइएको छ ।

उनले यो आफ्नो अन्तिम आशा भएको बताएका छन् । सन् २००९ मा उइगर भएकै कारण यातना भोगेपछि उनले सिन्जियाङ छोडेका थिए । तर, चिनियाँ अधिकारीहरुले फेरि उनलाई त्यही उइगररहेको हिरासतमा थुनेका छन् ।

प्रकाशित : साउन २२, २०७७

प्रतिक्रिया दिनुहोस्