धनुषामा क्रसर माफियाहरुले खनेको खाल्डोमा डुबेर बालकको मृत्यु



जनकपुरधामः धनुषामा बालुवा गिट्टी उत्खनन्का लागि क्रसर माफियाहरुले खनेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

धनुषाको मिथिला नगरपालिका वडा नम्बर–६ स्थित जग्धर खोलाको किनारमा क्रसर माफियाले खनेको खाल्डोमा डुबेर सर्लाही नरेश खोइर बस्ने शिवु महतोका १२ वर्षीय छोरा सुमन महतोको सोमबार बिहान मृत्यु भएको हो ।

मिथिला नगरपालिका–४ पुष्पवलपुरस्थित आफ्नो हजुरबुवा राम उदगारको घरमा विगत दुई महिनादेखि बस्दै आएका बालक समुन साथीहरुसँग आज बिहान पौडी खेल्न गएको बेला डुबेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए । क्रसर माफियाहरुले ग्राभेल उत्खनन्का लागि खनेको खाल्डोमा डुबेर सो बालकको मृत्यु भएको स्थानीयले बताएका छन् ।

यसअघि साउन २२ गते सोही नगरपालिका–१ स्थित बसही खोलामा क्रसर माफियाहरुले खनेको खाल्डोमा डुबेर वडा नं. २ नक्टाझिजका २२ वर्षीय अनिल महतोको ज्यान गएको थियो ।

प्रकाशितः साउन २६, २०७७

प्रतिक्रिया दिनुहोस्