प्रदेश २ : सोमबार कोरोना संक्रमणबाट ३ जनाको मृत्यु, १५३ जनामा संक्रमण पुष्टि, २६ जना डिस्चार्ज



जनकपुरधामः प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा १ सय ५३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसअनुसार पर्सामा ९२ जना, सर्लाहीमा २२ जना, रौतहटमा १९ जना, धनुषामा १३ जना, बारामा ४ जना र महोत्तरीमा ३ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ५ हजार ८ सय ९४ पुगेको छ । संक्रमितमध्ये ५ हजार २ सय ८१ पुरुष र ६ सय १३ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

पर्सामा संक्रमण पुष्टी भएकाहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर-१ देखि २४ सम्मका १८ देखि ५० बर्ष उमेर समुहका १३ जना महिला र १६ देखि ६८ बर्ष उमेर समुहका ४३ जना पुरुष, पर्सागढी नगरपालिकाका ३२ देखि ५० बर्ष उमेर समुहका ३ जना पुरुष, पटेर्वा सुगौली गाउँपालिकाका २२ बर्षिय एक युवक, जीराभवानी गाउँपालिकाकी २२ बर्षिया एक महिला, भारतीय राजदूतावास वीरगञ्जका ३५ बर्षिय एक पुरुष, नारायणी अस्पताल क्वार्टरकी ३३ बर्षिया एक महिला र ४४ बर्षिय एक पुरुष, बहुदरमाई नगरपालिकाका २६ बर्षिय एक पुरुष, जिल्ला प्रहरी कार्यालय पर्साकी १५ बर्षिया एक युवती र २२ देखि ३४ बर्ष उमेर समुहका १२ जना पुरुष, पकहा मैनपुर गाउँपालिकाका २० बर्षिय २ जना पुरुष, अमरपत्ती–४ की २७ र ३५ बर्षिया २ जना महिला एवं १२ बर्षिय एक बालक, बेल्वा हेल्थपोष्टका ५२ बर्षिय एक पुरुष, मग्नुस फर्माकी ४८ बर्षिया एक महिला एवं ३६ र ४० बर्षिय २ जना पुरुष, पोखरिया नगरपालिकाका ५२ बर्षिय एक पुरुष, पोखरिया अस्पतालकी २२ बर्षिया एक महिला एवं २३ र २५ बर्षिय २ जना पुरुष र ओम आश्रम श्रीपुरका १८ बर्षिय एक युवक रहेका छन् ।

सर्लाहीको गौर अस्पतालका ३६ बर्षिय एक पुरुष र मलंगवा नगरपालिकाकी २१ र ६५ बर्षिया २ जना महिला तथा २० देखि ५५ बर्ष उमेर समुहका १९ जना पुरुष संक्रमित भएका छन् । रौतहटको राजदेवी नगरपालिकाका ११ देखि ५६ बर्ष उमेर समुहका ४ जना महिला र ७ देखि ६२ बर्ष उमेर समुहका १५ जना पुरुष संक्रमणको चपेटामा परेका छन् ।

धनुषाका संक्रमितहरु जनकपुरधाम उपमहानगरपालिकाका ५७ बर्षिय एक पुरुष, स्वास्थ्य कार्यालय धनुषाका ४७ बर्षिय एक पुरुष, मिथिला नगरपालिका–८ का ६० बर्षिय एक पुरुष, औरही गाउँपालिका–३ का ३७ बर्षिय एक पुरुष, नगराइन नगरपालिका घर भई हाल प्रादेशिक अस्पतालमा रहेका ३८ बर्षिय एक पुरुष, मिथिलाबिहारी नगरपालिका–५ का ५० बर्षिय एक पुरुष, प्रादेशिक अस्पताल जनकपुरकी ४० बर्षिया एक महिला र २८ बर्षिय २ जना पुरुष एवं ठेगाना खुल्न नसकेकी २८ बर्षिया एक महिला र २० देखि २५ बर्ष उमेर समुहका ३ जना पुरुष रहेका छन् ।

बाराको कलैया उपमहानगरपालिकाका ३३ बर्षिय एक पुरुष, परवानीपुर गाउँपालिका–३ का ३२ बर्षिय एक पुरुष, फेटा गाउँपालिका–६ का २२ बर्षिय एक युवक र नारायणी अस्पतालमा कार्यरत २० बर्षिया एक महिला कर्मचारी समेत संक्रमित भएका छन् भने महोत्तरीको जलेश्वर नगरपालिका–२ र ७ की ३५ र ७५ बर्षिया २ जना महिला एवं रामगोपालपुर नगरपालिकाका १ बर्षिय एक बालक कोरोना संक्रमणको चपेटामा परेका छन् ।

प्रदेशभरीमा सोमबारसम्म सप्तरीमा १० हजार २ सय १२, सिरहामा ४ हजार ७ सय २२, धनुषामा ७ हजार ५ सय ४३, महोत्तरीमा ४ हजार ४ सय ६७, सर्लाहीमा ६ हजार ४ सय १०, रौतहटमा १६ हजार ५ सय ८६, बारामा ५ हजार ८ सय १२ र पर्सामा १३ हजार ५ सय २८ जना गरि जम्मा ६९ हजार २ सय ८० जनाको स्वाब परिक्षण गरिएकोमा ५ हजार ८ सय ९४ जना संक्रमित भएका छन् भने ५८ हजार ६ सय ६४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ हजार ४२, सिरहामा ४ सय ९, धनुषामा ७ सय ३६, महोत्तरीमा ७ सय ७४, सर्लाहीमा ९४, रौतहटमा ५ सय ६०, बारामा ४ सय १७ र पर्सामा ६ सय ९० जना गरि कुल ४ हजार ७ सय २२ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा ३ सय १८, रौतहटमा १ सय ४६, बारामा ५० र पर्सामा ४ सय ८६ जना गरि १ हजार जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको १३ हजार ७ सय ८२ बेड क्षमताको २ सय २३ वटा क्वारेन्टाइनमा अहिले १ हजार ५ सय १३ जनालाई राखिएको छ भने २ हजार २ सय ५९ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको २ हजार ८९ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ८१, सिरहामा १९, धनुषामा १ सय २९, महोत्तरीमा ६१, सर्लाहीमा ८१, रौतहटमा ५, बारामा ६५ र पर्सामा ७ सय ७३ जना गरि १ हजार ३ सय १४ जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ८७ जना संक्रमित भएका छन् । पर्सामा १ हजार ४३, महोत्तरीमा ८ सय ९२, धनुषामा ८ सय ५१, सर्लाहीमा ८ सय ६, सप्तरीमा ५ सय ५४, बारामा २ सय ३८ र सिरहामा २ सय २३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा पर्साका २६ जना व्यक्तिहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ४ सय १३, सिरहाका १ सय ८०, धनुषाका ६ सय, महोत्तरीका ३ सय ६४, सर्लाहीका ६ सय ५२, रौतहटका ७ सय ५४, बाराका १ सय ७४ र पर्साका २ सय ४६ जना गरि ३ हजार ३ सय ८३ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् ।

प्रदेश २ मा हालसम्म पर्सामा १९, बारामा २, सप्तरीमा २, रौतहटमा २, धनुषामा २, सिरहामा १ र महोत्तरीमा १ जना गरि २९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशितः साउन २६, २०७७

प्रतिक्रिया दिनुहोस्