डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु, पाँच घाइते



काठमाडौँ : डोटीमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

सोमबार राति १ बजेतिर आदर्श गाउँपालिका–१ बाँझककानीका नुगे लोहारको घर भत्किँदा चारजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

मृत्यु हुनेमा लोहारकी श्रीमती, दुई छोरी र एक छोरा रहेको प्रहरीले जनाएको छ । लोहारसहित उनकी आमा र सासु, साला र दुई वर्षकी छोरी भने घाइते भएका छन् । उनीहरुको दिपायलमा उपचार भइरहेको जनाइएको छ ।

लगातार वर्षाले ढुंगा र माटोको गारो भएको घर भिजेकाले घर भत्किएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्