एनसेलको टावरमा आगजनी गर्ने पक्राउ



डोटीः डोटीको जोरायल गाउँपालिका-१ कटुन्थलास्थित एनसेलको टावरमा आगो लगाएको अभियोगमा फरार १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बडिकेदार गाउँपालिका-५ का ४२ वर्षीय कृष्ण बोहरा हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रबक्ता डिएसपि ईन्द्र मल्लले दिएको जानकारी अनुसार उनलाई इलाका प्रहरी कार्यालय बिपिनगरबाट खटिएको प्रहरी टोलीले कैलालीको चुरे गाउँपालिका-१ शिवनगर बजार नजिकबाट पक्राउ गरेको हो ।

उनीमाथि १५ साउन २०७६ मा एनसेल टावरमा भएको आगजनी घटनामा संलग्न रहेका अभियोग छ ।

प्रकाशितः साउन ३०, २०७७

प्रतिक्रिया दिनुहोस्