कोरोनाः १०३० स्वाव परिक्षण गर्दा ५ रिपोर्ट पोजेटिभ



धनगढीः सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टाको अवधीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्लो २४ घण्टाको अवधीमा ८ सय ८९ जनाको स्वाव परिक्षण गरिएकोमा अछामका ४ र डडेलधुरा अस्पतालमा गरिएको १ सय ४१ स्वाव परिक्षणमा बझाङका १ जनामा संक्रमण पुष्टी भएको अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परिक्षण अनुसार संक्रमण पुष्टी हुनेमा अछामको साफेबगर नगरपालिका-७ की २३ वर्षीय महिला र ३१ वर्षीय पुरुष गरी दुईजना, साफेबगर नगरपालिका–५ का ३० वर्षीय पुरुष र मंगलसेन नगरपालिका-७ का २१ वर्षीय पुरुष रहेका अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

यसै गरी डडेलधुरा अस्पतालमा गरिएको परिक्षणमा बझाङको वित्थडचिर गाउँपालिका-६ का १ पुरुषमा संक्रमण पुष्टी भएको अस्पतालका इन्चार्ज इश्वरी प्रसाद भूषलले जानकारी दिएका छन् । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय १४ पुगेको छ ।

प्रकाशितः साउन ३०, २०७७

प्रतिक्रिया दिनुहोस्