पाकिस्तानमा स्वतन्त्रता दिवस मनाई रहँदा नेपालमा पाकिस्तनविरुद्ध प्रदर्शन



काठमाडौं :पाकिस्तानमा बौद्ध र हिन्दू मन्दिर भतकाएको बिरोधमा काठमाडौंस्थित पाकिस्तानी दूतावास अगाडि विरोध प्रदर्शन भएको छ ।

राष्ट्रिय एकता अभियानले पाकिस्तानमा बौद्ध र हिन्दू मन्दिर भतकाएको विरोधमा शुक्रबार दिउँसो पाकिस्तानी दूतावास अगाडि विरोध प्रदर्शन गरिएको हो ।

केही दिन पहिले पाकिस्तान नियन्त्रित कश्मिरमा प्राचीन बौद्ध कलाकृति, शिलालेख र ऐतिहासिक-सांस्कृतिक धरोहरहरु नष्ट गर्ने गरी दियामर–भाशा डैम बाँधको निर्माण हुन लागेको थियो ।

सो क्षेत्र विशेषतः प्राचीन बौद्ध धरोहर भए पनि उक्त सम्पदाले बौद्ध-हिन्दू धर्म-संस्कृतिका साथै मानवीय इतिहास र संस्कृतिकै संरक्षणका दृष्टिले महत्वपूर्ण रहेको छ ।

प्रकाशित : साउन ३०, २०७७

प्रतिक्रिया दिनुहोस्