सुन्दर यातायात र आई पे प्रा.लीको संयुक्त सहकार्यमा अब इ-पेमेन्ट



काठमाडौं– सुन्दर यातायात प्रा.ली र आई पे प्रा.लीको संयुक्त सहकार्यमा सार्वजनीक यातायातसहिल अन्य साना तथा ठूला यातायातमा जडान गरी सञ्चालन गर्न सकिने इ–पेमेन्ट सर्वसुलभ मुल्यमा र सरल तरिकाले प्रयोग गर्न मिल्ने विद्युतिय स्मार्ट कार्ड आज आइतबारबाट सञ्चालनमा ल्याएको छ ।

उक्त कार्ड मार्फत जुनसुकै प्रकारका सवारी साधनमा विद्युतिय माध्यमबाट भुक्तानी गर्न सकिने छ।

साधारण व्यक्ति, विद्यार्थी, अशक्त सबैले फरक फरक प्रयोग गर्न मिल्ने कार्ड २०० र ५०० मा खरिद गरेपछि जुनसुकै डिपार्टमेण्ट स्टोर, स्टेसनरी सबैतिर प्रयोग गर्न मिल्ने यातायातले जानकारी दिएको छ ।

उक्त कार्डको समयविधि १ वर्षको हुनेछ र २ सयमा खरिद गरेको कार्डले २ सय ५० को यात्रा गर्न मिल्ने छ ।

प्रतिक्रिया दिनुहोस्