डोटी जिल्ला अस्पतालमा पिसिआर मेशिन जडान



डोटीः डोटी जिल्ला अस्पतालमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर मेशिन जडान गरिएको छ ।

मेशिनको जडान कार्य पूरा भएसँगै भोली (मंगलबार) बिहान ८ बजे सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले उदघाटन गर्ने कार्यक्रम तय भएको डोटी जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा पिसिआर मेशिन जडान गरिएको हो । गएको चैत्र १५ गते सुदूरपश्चिम प्रदेश सरकार मन्त्रि परिषदको निर्णय अनुसार डोटी, बैतडी र कञ्चनपुरमा पिसिआर मेशिन सहितको प्रयोगशाला बनाउने निर्णय भएको थियो ।

गत श्रावण २० गते नै उक्त मेशिन जडान गरी सेवा सूचारु गर्ने भनिएको भए पनि प्राविधिक जनशक्ति ढिलो आउँदा जडान कार्यमा पनि ढिलाई भएको हो ।

डोटीको मेशिन जडान पश्चात परीक्षण नतिजाको वैधता जाँचका लागि सेती अञ्चल अस्पताल र डडेल्धुरामा परीक्षण गरिसकिएका १० र १० वटा पोजेटिभ र नेगेटिभ नतिजाका स्वावहरु सोमबार परीक्षण गरिने सेती प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमूख रमेश शाहीले बताएका छन् ।

प्रकासिशतः १ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्