संघीय सांसद बोगटीका स्वकीय सचिव बोहरालाई कोरोना पुष्टि



धनगढीः सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदका स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अछाम निर्वाचन क्षेत्र नं.२ का सांसद यज्ञ बहादुर बोगटीका स्वकीय सचिव तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अछाम जिल्ला कमिटी सदस्य टोप बहादुर शाहीलाई संक्रमण भएको पुष्टि भएको हो ।

शाहीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको समेत बताएका छन् ।

‘हिजो साउन ३२ आएको रिपोट अनुसार पीसीआर टेस्टमा म पोजेटिभ भएको हुनाले मेरो प्रत्यक्ष सम्पर्कमा भएका सम्पूर्ण आफन्त र साथीहरूलाई होम क्वारेन्टीनमा कम्तीमा १४ दिन बस्न र कुनै स्वास्थ्य समस्या देखिएमा अथवा मेरो सम्पर्कमा आएको ६ दिनपछि कोरोना परीक्षण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’ उनले फेसबुकमा लेखेका छन् ।

सासंद बोगटीले पनि शाहीमा कोरोना देखिएको बताउँदै आफ्नो परीक्षण रिपोर्ट आउन बाँकी रहेको बताए ।

प्रकाशितः १ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्