बँदेल मार्न थापेको धरापमा परेर महिलाको मृत्यु



प्यूठानः ऐरावती गाउँपालिकामा बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर महिलाको मृत्यु भएको छ ।

गाउँपालिकाको वडा नम्बर २ उखारीकी ६० वर्षीया पिमा थापाको धरापमा परेर मृत्यु भएको हो । थापा आफ्नै बारीमा बँदेल मार्न विद्युतीय धरापमा परेको जिल्ला प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभएको छ ।

प्रकाशितः १ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्