धनगढी ३ नं. वडा कार्यालय बन्द



धनगढी: धनगढी उप-महानगरपालिका वडा नं.३ को कार्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

कोरोना जोखिम न्यूनीकरणका लागि वडा कार्य समितिको बैठकले १० गते सम्मका लागि वडा कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

समुदायस्तरमा संक्रमण फैलिन लागेको र चाडपर्व पनि नजिकै आईरहेकाले जोखिम झनै बढेको हुँदा वडा कार्यालय बन्द गर्ने निर्णय गरेको वडाध्यक्ष बलवहादुर ऐरले बताए ।

उनका अनुसार वडामा व्यापार व्यवसाय भने सामाजिक दूरी कायम गरेर सञ्चालन गर्न दिने छ भने अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

धनगढी उप-महानगरपलिका वडा नं.३ मा अहिलेसम्म ५ जनामा संक्रमण पुष्टि भएको छ भने ट्राभल हिस्ट्री नभएका व्यक्तिमा समेत कोरोना देखिएको छ ।

प्रकाशितः १ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्