गेटा मेडिकल कलेजको चौथो तलाबाट खसेर युवतीको मृत्यु



धनगढीः कैलालीमा निर्माणाधिन गेटा मेडिकल कलेजमा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ८ की २० बर्षीया मिना पालीको गेटा मेडिकल कलेको चौथो तलाबाट खसेर मृत्यु भएको हो ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ५ मा निर्माणाधिन गेटा मेडिकल कलेजमा कार्यरत उनको अस्पताल भवनको चौथो तलाबाट खसेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी नाय उपरिक्षक ज्ञानवहादुर विष्टले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्तिक विष्टले भवनबाट खसेर घाईते भएकी पालीको उपचारका क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको बताए । साउन पहिलो साता निर्माणाधिन गेटा मेडिकल कलेजमा कार्यरत एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको थियो ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ५ मा निर्माणाधिन गेटा मेडिकल कलेजमा कार्यरत कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ७ बस्ने १७ बर्षीय रविन्द्र बमको करेन्ट लागेर मृत्यु भएको थियो ।

प्रकाशितः १ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्