जब बामदेव गौतमले सचिवालय बैठकमा माधव नेपाललाई झपारे



काठमाडौं : दुई महिना लामो पार्टी विवाद सुल्झाउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा गठित कार्यदलले काम थाले पनि सोमबार नेकपा सचिवालय बैठक बस्यो । करिब एक महिनापछि सोमबार बसेको नेकपा सचिवालयको बैठकको दृष्य अलि फरक देखिएको थियो।

आफूभन्दा बाँयातिर बसेका अर्का अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री ओलीले टाउको हल्लाउदै बैठक शुरू गर्न इसारा गरे ।

त्यो लगतै अध्यक्ष प्रचण्डले पार्टीभित्रको विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन भएकोले त्यसको अनमोदनका लागि जानकारी गराउछु भन्दै प्रस्ताव राखे।

प्रधानमन्त्री ओलीका सामुन्ने बसेका वरिष्ठ नेता माधव नेपाल कडकिए ‘के को जानकारी, कता तयार भएको यस्तो प्रस्ताव ?’

नेपालसँगै बसेका उपाध्यक्ष वामदेव गौतमले जवाफमा कड्किए‘ द्ई अध्यक्षले सहमति गरेर पेस गरेको प्रस्तावमा के को आपति ? सधैँ निहु खोज्ने, खोर्चे थाप्ने ?’

फेरि नेपाल कड्किए । ‘त्यसो भए घरबाट दुई अध्यक्षले पार्टी चलाए भो नि, केही समय पहिला पनि यसैगरी चलाएको हो ।’ नेपाल आक्रोशित मुद्रा प्रस्तुत भएपछि प्रचण्डले शान्त बनाए । यता नेपाल गौतमबीच यसरी चर्काचर्की भइरहदा यस अघि ओली –प्रचण्डसँग असन्तुष्ट भएका नारायाणकाजी श्रेष्ठ भने मन्द मुस्कानमा छोडिरहेका थिए।

झलाथ खनाल भने मौन रहे। अन्तिममा महासचिव विष्णु पौडेलले कार्यदल अनुमोदन भएको माईन्युट लेखे। बैठकबाट बाहिरिदै प्रवक्ता समेत रहेका श्रेष्ठले औपचारिक प्रतिक्रिया दिए। उनले भने ‘ सचिवालय बैठकले कार्यदल अनुमोदन गरेको छ ।’

यही परिदृष्यमा पार्टी विवाद सुल्झाउन ओली र प्रचण्डले गठन गरेको कार्यदलले काम थाले पनि नेकपा सचिवालयले बल्ल कार्यदललाई अनुमोदन भएको थियो ।

कोरोना महामारी, विपत् रोकथाम र नियन्त्रणका सन्दर्भमा तीनवटै तहका सरकार र जनप्रतिनिधिले खेलेको भूमिकाबारे पार्टीका तर्फबाट अर्को बैठकमा बेग्लै कार्यदल बनाउने विषयमा छलफल गर्ने समझदारीसहित कार्यदल सर्सत अनुमोदन भएको बुझिएको छ ।

तर, सचिवालय बैठकबाट कार्यदल अनुमोदन हुनुअगावै शनिबारबाट कार्यदलले गृहकार्य सुरु गरिसकेको छ ।

गत शुक्रबार गठित ६ सदस्यीय कार्यदल गठनको विधि र प्रक्रियाबारे वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रश्न उठाउँदै छलफल माग गरेपछि बालुवाटारमा सचिवालय बैठक बोलाइएको थियो ।

अध्यक्ष प्रचण्डले सचिवालयका नेताहरूको असन्तुष्टिबारे जानकारी गराएर प्रधानमन्त्री ओलीसँग परामर्श गरेपछि बैठक बसेको हो ।

बैठकमा वरिष्ठ नेता नेपाल र खनाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको समस्या समाधान गरेर एकता कायम गर्ने उद्देश्यले कार्यदल गठन गरिएको भनिए पनि विधि र प्रक्रिया नपुर्‍याएर फेरि पनि पार्टीमा अविश्वास र विरोधको अवस्था सिर्जना गर्न खोजिएको बताएका थिए ।

उनीहरूले अध्यक्षहरूले व्यक्तिगत हिसाबले सुझाब लिन व्यक्तिगत रूपमै कुनै नेताविशेषलाई जिम्मेवारी दिने कुरा अन्यथा नभए पनि विधि र संस्थागत प्रक्रियामाथि बारम्बार प्रश्न उठ्दै आएको परिप्रेक्ष्यमा बैठकको निर्णयविनै गरिने यस्तै काम र कार्यशैलीले पार्टीका सबै तहमा अराजकता मौलाउन सक्ने भन्दै गम्भीर ध्यानाकर्षण गराएका थिए ।

यस्तै सोमबारको बैठकमा गौतमले त्यही प्रस्तावका आधारमा पार्टीभित्र विवाद समाधान गर्न सकिने भएकाले त्यस प्रस्तावमाथि सचिवालयमा छलफल नगराएको भन्दै कूटनीतिक हिसाबले विरोध जनाएको सचिवालयका नेताहरूको दाबी छ ।

उनले घुमाउरो तरिकाले आफूले प्रस्ताव गरेको सहमतिको सूत्रअनुसार नै समाधान हुन लागिरहेकाले कार्यदलको नेतृत्व पनि आफैँ भइदिए राम्रो हुन्थ्यो भन्ने आशयसहित धारणा राखेको नेताहरूको भनाइ छ ।

के गर्ला कार्यदलले अब ?

कार्यदलल गठन गर्दा समेत नेपाल पक्षलाई कर्नर पार्न खोजिएको थियो। नेपालले स्थायी समिति सदस्य रघुजी पन्त र भीम रावलको नाम प्रस्तावित गरेका थिए। ओली प्रचण्डवीच सुरेन्द्र पाण्डे र भीम रावललाई कार्यदलमा राख्ने सहमति भयो। यसप्रति नेपाल शसंकित हुँदै आएका थिए।

स्रोतका अनुसार अहिले गठन भएको कार्यदलले प्रधानमन्त्री ओली र प्रचण्डको पक्षमा प्रतिवेदन तयार गर्ने अनुमान गरिएको छ। त्यसमा केही मन्त्री हेरफेरमा पर्ने संभावना छ। रावल र पाण्डे कार्यदलमा भए पनि नेपालको पक्षमा प्रतिवेदन नआउने निश्चित जस्तै छ ।

प्रतिक्रिया दिनुहोस्