गृहमन्त्रीको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते



काठमाडौं : गृहमन्त्री रामबहादुर थापाको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

सिंहदरबार अगाडि भद्रकालीबाट माइतीघरतर्फ गइरहेका बेला बा १ झ ५५५४ नम्बरको प्रहरी भ्यानले बा ९४ प १०२९ नम्बरको स्कुटरलाई मंगलबार बिहान ९ बजे ठक्कर दिएको हो ।

गृहमन्त्रीलाई लिन मन्त्रीनिवास पुल्चोक गइरहेका बेला प्रहरी भ्यानले स्कुटरलाई ठक्कर दिएको हो ।

दुर्घटनामा स्कुटर चालक नुवाकोटको कविलास गाउँपालिका–१ की २२ वर्षीया लीला थापा र २६ वर्षीया सुदा थापा घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । लीलाको दाहिने खुट्टाको गोलीगाँठो सुन्निएको र सुदा थापालाई भने बाहिरी चोट नलागेको प्रहरीले जानकारी दिएको छ । दुवै जना घाइते राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी राठौरले जानकारी दिए ।

प्रकाशित : भदौ २, २०७७

प्रतिक्रिया दिनुहोस्