सुनको मूल्य फेरी एक लाख नाघ्यो



काठमाडौं : मंगलबार सुनको मूल्य फेरी तोलाको एक लाख नाघेको छ । सोमबारको तुलनामा आज दुई हजार दुई सय रुयैयाँले बढेर सुन प्रतितोला एक लाख चार सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय मूल्यमा आएको परिवर्तनसँगै सुनको मूल्य बढेको हो ।

सोमबार छापावल सुन प्रतितोला ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबारका लागि तेजाबी सुनको प्रतितोला मूल्य ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ ।

यसैतरी चाँदीको मुल्य प्रतितोला एक हजार तीन सय ८० रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा चाँदीको प्रतितोला भाउ ६५ रुपैयाँले बढेको हो ।

प्रकाशित : भदौ २, २०७७

प्रतिक्रिया दिनुहोस्