खाल्डोमा डुबेर मृत्यु भएका दुई बालकको शव हिजोदेखि सडकमै



बैतडीः बैतडीमा खाल्डोमा डुबेर मृत्यु भएका दुई बालकको शव परिवारजनले बुझेका छैनन् ।

हिजो (सोमबार) जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंका १४ वर्षीय अंकित लाबड र ११ वर्षीय सन्दीप लावडको खाल्डोमा डुबेर मृत्यु भएको थियो ।

मृतकका आफन्तहरुले २० लाख क्षतिपूर्तीको माग राखेका वडाअध्यक्ष रनबहादुर बोहराले जानकारी दिए । क्षतिपूर्ती नदिंदासम्म शव नउठाउने उनीहरुले अडान लिएको वडाअध्यक्षले बताए । मृतकका आफन्तहरुले क्षतिपूर्तीको माग गरेपछि आज (मंगलबार) निर्माण व्यवसायी र मृतकका आफन्तहरुबीच छलफल हुने छ ।

खाल्डोमा वर्षातको पानी जम्मा भएको र खेल्ने क्रममा सोमबार दिउँसो दुवै जनाको ज्यान गएको थियो ।

प्रकाशितः २ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्