नबिल बैंकले घटायो कर्जा ब्याजदर



काठमाडौं : नबिल बैंक लिमिटेडले कर्जा ब्याजदर घटाएको छ । आफ्नो ऋणीलाई बैंकले शून्य दशमलव २५ प्रतिशत छुट दिएको छ ।

कोरोना महामारीबाट आफ्ना ऋणी गम्भीर समस्यामा परेपछि बैंकले शून्य दशमलव २५ प्रतिशत छुट दिएको हो ।

नबिल बैंकले साउनमा आफ्ना सबै ऋणी ग्राहकहरूलाई ०.२५ प्रतिशत ब्याज दर घटाएको छ ।यस्तो छुट खराब कर्जाका ऋणीले प्राप्त गर्ने छैनन् । बैंकको यो प्रयासले ऋणीलाई राहत हुनेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नबिल बैंकबाट ऋण लिएका व्यक्ति र संस्थागत ग्राहकहरूले भोग्नुपरेको निरन्तर कठिनाइलाई ध्यानमा राख्दै सबै ऋणीलाई लाग्ने ब्याज दरमा ०.२५ प्रतिशत छुट दिएको जनाएका छन् ।

‘कुनै व्यक्तिको अटो वा होम लोन छ, वा कम्पनीले लिएको हाइड्रो ऋण छ वा बीचमा अन्य कुनै ऋण लिएको छ भने उसले यो सुविधा पाउने छ,’ उनले भने–‘तर, खराब ऋणीको सूचीमा रहेको वा समयमै ऋण चुक्ता नगरेको ऋणीले यो सुविधा पाउदैन्ँन् ।’

हालै मात्र कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निजी क्षेत्रका सबैभन्दा बढी रकम रु. ६ करोड हस्तान्तरण गरेको बैंकले आफ्नो दीर्घकालिन योजनामा सातै प्रदेशमा नबिल सरुवा रोग रोकथाम, नियन्त्रण तथा सहयोग केन्द्रका लागि अस्पताल निर्माण तथा उपचारमा सहयोग गर्न अघी बढ्ने योजना समेत बनाएको प्रमुख कार्यकारी अधिकृत शाहले बताए ।

प्रकाशित : भदौ २, २०७७

प्रतिक्रिया दिनुहोस्