बाढी पहिरो प्रभावित क्षेत्र बाजुरा पुगे गृहमन्त्री थापा



बाजुराः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बाढी पहिरो प्रभावित क्षेत्र बाजुरा पुगेका छन् ।

साउन २५ गते राति बुढीगंगा नदीमा आएको बाढीले बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका र बुढीगंगा नगरपालिकाका नदी छेउका बासिन्दा घरविहीन भएपछि सो क्षेत्रको अनुगमनका लागि गृहमन्त्री थापासहितको टोली बाजुरा पुगेको हो ।

टोलीमा मन्त्री थापासहित विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख, प्रदेश सरकारका मन्त्री र जिल्लास्थित सुरक्षा निकायका प्रमुख रहेका छन् । बाढी पहिरो प्रभावितहरुको अवस्था बुझ्न र राहत उपलब्ध गराउन गृहमन्त्री थापासहितको टोली प्रभावित क्षेत्रको निरीक्षणका क्रममा बाजुरा पुगेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिए ।

प्रकाशितः भदौ २, २०७७

प्रतिक्रिया दिनुहोस्