दराज र भिसाको सहकार्यमा भिसा प्रयोगकर्तालाई १५ प्रतिशत छुट



काठमाडौंः नेपालमा अनलाइन कार्ड भुक्तानलाई अगाडि बढाउन नेपालको अग्रणी अनलाइन बजार ‘दराज’ र डिजिटल भुक्तानी टेक्नोलोजीमा विश्व लीडर ‘भिसा’ साझेदारी बनेका छन् ।

२०१८ मा अलिबाबाद्वारा अधिग्रहण भएदेखि दराजले अलिबाबाको विशाल टेक्नोलोजी र अनुभवको लाभ उठाउँदै आफ्नो ग्राहकहरुको लागि बढी सुविधाजनक, सुरक्षित र सजिलो अनलाइन पूर्वभुक्तानी विधिहरु विस्तार गर्दै आएको छ ।

दराज र भिसाले आफ्नो ग्राहकहरुलाई असोज १४ सम्म भिसा कार्ड प्रीपेन्टमा १५ प्रतिशत छुट दिने भएको छ । दराजमा ५ हजार भन्दा बढी विक्रेताहरू र उनीहरुले बेच्ने इलेक्ट्रोनिक्स, किराना देखि फेसनसम्मका ४ लाख ५० हजार भन्दा बढी उत्पादन रहेको छ ।

ग्राहकहरुले यी मध्ये कुनै पनि छनोट गरि आफुले दराजमा सेभ गरि राखेको भिसा कार्ड मार्फत पूर्वभुक्तानी गरे ५ सयसम्मको अधिकतम छुट पाउने छन् । यो अफर एक पटक मात्र प्रयोग गर्न सकिन्छ र नेपालमा जारी भिसा क्रेडिट, डेबिट र प्रीपेड कार्डहरुमा लागु हुनेछ ।

दराजका प्रबन्ध निर्देशकले भने,‘नेपालमा अनलाइन भुक्तान विधिहरूको विकासका लागि सामुहिक प्रयास आवश्यक छ । त्यसैले हामी भिसासँग मिलेर यस कार्यलाई अघि बढाउन एकदमै खुसी छौं । यो प्रारम्भिक प्रस्तावको साथ हामी हाम्रा ग्राहकहरुलाई पहिले देखिनै बढी सुविधाजनक र सुरक्षित अनलाइन पूर्वभुक्तानी विधि प्रयोग गर्दा थप लाभ प्रदान गर्न चाहन्छौं ।’

भिसामा मर्चन्ट सेल्स, अक्वेरिंग र साइबर सोर्सका प्रमुख शैलेश पलले भने,‘सामाजिक दुरीको आवश्यकतालाई ध्यानमा राख्दै डिजिटल भुक्तानी र अनलाइन शपिङ हाल एकदमै महत्वपूर्ण भएको छ । हामी अनलाइन खरीददारहरूलाई अनलाइन भुक्तानी सुविधा मार्फत एक सुरक्षित अनुभव प्रदान गर्न चाहन्छौँ र यसको लागी नेपालको अग्रणी अनलाइन बजार दराजसँग साझेदारी गर्न पाउँदा खुसी छौं । दक्षिण एसियाली बजारहरूमा दाराजसँगको हाम्रोसम्बन्धले उपभोक्ताहरूको किनमेलका अनुभवहरुलाई सुधार गर्न स्थापित कम्पनिहरु साझेदारीमा जानुपर्ने र जानसक्ने कुरालाई प्रमाणित पनि गर्दछ ।’

नेपालमा अनलाइन शपिङको माग र अनलाइन भुक्तानीको प्रयोग बढ्दै छ । यस साझेदारीको साथ दराज र भिसा संयुक्त रूपमा आउँदो दिनमा ग्राहकहरूका लागि विश्वसनीय, सुरक्षित र झन्झट मुक्त अनलाइन शपिङ अनुभव सुनिश्चित गर्न चाहेको दराजले जनाएको छ ।

प्रकाशितः २ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्