अछाममा बाढीले १६ घर बगायो, ४ जनाको शव फेला



अछाम : अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ भने ४ जनाको शव फेला परेको छ ।

गाउँपालिका उपाध्यक्ष सरस्वती रावलका अनुसार अन्य १९ जना वेपत्ता भएका छन् ।

बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ भने प्रहरी घटनास्थलमा पुग्दै छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित : भदौ ३, २०७७

प्रतिक्रिया दिनुहोस्