बाघको दाह्रासहित तामाङ पक्राउ



काठमाडौंः बाघको दाह्राको अबैध कारोबार गरिरहेका एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर कार्यबिनायक न.पा.वडा नं.२२ फर्सिडोलका २७ वर्षिय नबिन तामाङ रहेका छन् ।

उनको साथबाट प्रहरीले बाघको दाह्रा थान २, ‘भिभो’ कम्पनीको मोबाईल थान १ बरामद गरेको छ । काठमाडौंको चाबहिलमा अबैध रुपमा बाघको दाह्राको अबैध कारोबार हुदैछ भन्ने गोप्य सुचनाको आधारमा खोजतलास गर्ने क्रममा हिजो (मंगलबार) दिउँसो २ः ३० बजे उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

काठमाडौंको वडा नं.७ चाबहिल मेडिकेयर अस्पताल नजिक सडक बाटोमा हिंडिरहेका उनलाई सोधपुछ तथा खानतलासी गर्दा उनले लगाएको पहेलो रंगको ज्याकेटको खल्तीबाट बाघको दाह्रा जस्तो देखिने बस्तु थान २ फेला पारी आबश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तीसार काठमाडौंमा पठाईएको प्रहरी जनाएको छ ।

प्रकाशितः ३ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्