आजको शेयर बजारमा दोहोरो अंकले गिरावट



काठमाडौंः सामान्य सुधार आएको शेयर बजार आज (बुधबार) दोहोरो अंकले खुम्चिएको छ ।

कारोबार भने अर्ब नजिक पुगेको छ । उतार चढावबीच बजार परिसुचक नेप्से १६ अंकले ओरालो लागेर १३ सय ९१ मा पुगेर रोकिएको हो ।

यस दिन कारोबार भएका सबै समुहमा गिरावट आएसँगै नेप्से पनि ओर्लिएको छ । आज जीवन बिमा समुह सबैभन्दा उच्च १ सय ३६ अंकले ओर्लदा निर्जिवन बिमा समुह १ सय १३ अंकले खुम्चिएको छ ।

वाणिज्य बैंक, विकास बैंक, व्यापार, उत्पादनमुलक र लघुवित्त समुहमा पनि दोहोरो अंकले गिरावट आएको छ । यस दिन १ सय ८५ कम्पनीको २४ लाख ७४ हजार कित्ता शेयर ९७ करोड ६२ लाखमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रकाशितः ३ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्