युवकको हत्या गरी फरार अभियुक्त पक्राउ



जनकपुरधामः जनकपुरबाट एक युवकलाई हत्या गरी फरार भएका अभियुक्त पक्राउ परेका छन् ।

सिरहाको मिर्चैया नगरपालिका-५ का विरेन्द्र कुमार यादवलाई २०६७ साल अषाढ ११ गते राती गोली हानी हत्या गरेर फरार भएका सोही नगरपालिका वडा नम्बर-९ का ३० वर्षीय लाल कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

सिरहाबाट सादा पोशाकमा खटेको प्रहरी टोलीले उनलाई जनकपुरधाम उपमहानगरपालिका-१ स्थित वकिल टोलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ परेका यादवसँग सोधपुछ भईरहेको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशितः ३ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्