रौतहटमा गोली हानी पुजारीको हत्या



रौतहट : रौतहटमा गोली हानेर एक पुजारीको हत्या भएको छ ।

बुधबार राति ९ बजे अज्ञात समूहले रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको गोही हानी हत्या गरिएको हो ।

मन्दिर अगाडि खाना खाने तयारी गरिरहेका बेला पुजारी साहलाई कन्चटमा गोली हानिएको हो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको रौतहट जिल्ला प्रहरीका कार्यालयका प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।

घटनालगत्तै जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्का, डीएसपी ज्ञानकुमार महतोसहितको प्रहरी टोली घटनास्थलतर्फ गएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित : भदौ ४, २०७७

प्रतिक्रिया दिनुहोस्