उपत्यकामा दुई सयसहित देशभर ७०७ जना कोरोना संक्रमित थपिए



काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ । तीमध्ये १७ हजार ९ सय ६४ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै काठमाडौं उपत्यकामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १ सय ७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन् ।

प्रकाशित : भदौ ४, २०७७

प्रतिक्रिया दिनुहोस्