एपीएफको टोलीद्वारा नदीको बीचमा फसेका व्यक्तिको उद्वार



अछामः अछामको साफेबगर नगरपालिका ७ स्थित बुढीगंगा नदीमा माछा मार्न जाँदा नदीको बीचमा परेका एक जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

स्थानीय २८ वर्षीय नरेश कठायत माछा मार्ने क्रममा नदीको बीच भागमा परेर सो नदीले बगाएर ल्याएको मुढामा अड्कीएर रहेका थिए । यसबारे जानकारी पाउना साथ सशस्त्र प्रहरी बल, नेपाल नं. ४९ गुल्म अछामबाट सशस्त्र प्रहरी नायव उपरीक्षक जगदिश जोशीको कमाण्डमा खटिएको एपीएफ टोलीले उनको सकुशल उद्वार गरेको हो ।

त्यस्तै धनुषा जिल्लाको नगराईन नगरपालिका २ जमुनी खोलामा माछा मार्ने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव एपीएफ टोलीले फेला पारेको छ ।

सर्लाही जिल्लाको लालबन्दी नगरपालिका १५ बस्ने १५ वर्षीय सुरेन्द्र कार्की उक्त खोलामा माछा मार्ने क्रममा डुवेर बेपत्ता भएका थिए । सो घटनाबारे जानकारी पाउना साथ सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नगराईनबाट खटिएको एपीएफ टोलीले उनको शव पानीबाट बाहिर निकाली आफन्तलाई बुझाएको छ ।

प्रकाशितः ४ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्