घोडाघोडीमा ३ कर्मचारीसहित १० जनामा कोरोना पुष्टि



सुखडः कैलालीको घोडाघोडी नगरपालिकामा ३ कर्मचारी सहित १० जनामा कारोना संक्रमण पुष्टी भएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणमा १० जनामा संक्रमण देखिएको हो । परिक्षणका क्रममा ८ बर्षिय बालिका, ६ र १० बर्षिय बालक, २२, २७, ३४, ३४, ३९, ४०, ४५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पताले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

राष्ट्रिय कलेज सुखडबाट ८८ जना र वडा नं.६ बाट ४३ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाईएको थियो । ती मध्ये १० जनामा कोरोना पुष्टी भएको स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले जानकारी दिएका छन् ।

उनका अनुसार स्वास्थ्य शाखाका एक योजना शाखाका एक र एक जना चालकमा कोरोना पुष्टि भएको छ । बिहिबार सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा घोडाघोडीका १० संगै गौरिगांगा नगरपालिकामा २६ जना, गोदावरी नगरपालिकामा ११ जना, भजनी नगरपालिकामा ३ जना र कन्चनपुरको भिमदत्त नगरपालिकाका १४ जना गरी ६४ जनामा संक्रमण पुष्टी भएको छ ।

प्रकाशितः ४ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्