मन्त्रीहरुको टोली राहत लिएर अछाममा



धनगढीः अछामको रामारोशन गाउँपालिकाका बाढी पीडितहरुका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सहितको टोली अछाम पुगेको छ ।

नेपाली सेनाको स्काई ट्रक मार्फत् काठमाडौंबाट अछामतर्फ प्रस्थान गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीका स्बिकीय सचीव हितेस ओझाले बताए । टोलीमा गृहमन्त्री ‘बादल’, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भट्ट, नेकपा नेता एवं सांसद भीम रावललगाएत सांसदहरु र गृहमन्त्रीका कर्मचारी रहेका छन् ।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री भट्टको पहलमा खाद्यान्नलगायत अत्यावश्यक बस्तु बुधबार अछाम पठाइसकिएको र थप खाद्यान्न आज पनि धनगढीबाट अछाम पठाउने तयारी भईरहेको समेत उनले बताए ।

अछामको रामारोशन गाउँपालिका-५ कैलाश खोलामा गत बुधबार आएको बाढीले स्थानीय सैनीबजार बगाउँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन् ।

प्रकाशितः ५ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्